१४ बैशाख २०८१, शुक्रबार

नेपाल टेलिकमको सबैभन्दा बढी बिल तिर्नेको सूचीमा कुलमान


nepal telicom

२२ माघ, काठमाण्डौ । नेपाल टेलिकमको १४ औँ वार्षिक उत्सवको अवसर संगै  नेपाल टेलिकमले आर्थिक वर्ष ०७३/७४ मा सबैभन्दा बढी बिल तिर्ने १२ सेवाग्राहीलाई सम्मान गरिएको छ ।

यस वर्ष जिएसएम पोष्टपेड व्यक्तिगततर्फ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहेका छन् । उनले एक वर्षमा नेपाल टेलिकमलाई १ लाख ९७ हजार ६ सय २५ रुपैयाँको बिल भुक्तानी गरेका हुन् ।  जिएसएम पोष्पेड संस्थागत तर्फ सुर्य नेपाल प्रालिले विल भुक्तानी गरेको छ । सुर्य नेपालले प्रालिले यो वर्ष ९ लाख ४६ हजार १ सय ८० रुपैयाँ विल भुक्तानी गरेको छ ।

जिएसएम प्रिपिएडतर्फ पत्रकार पुष्प दुलाललले सबैभन्दा बढी रकम तिरेका छन् । दुलालले  ६४ हजार ४ सय ५० रुपैयाँको विल भुक्तानी गरेका छन् । सिडिएमए पोष्टपेडतर्फ नवज्योति इन्पेक्सले  सबैभन्दा बढी १८ हजार ६ सय रुपैयाँ र व्यक्तिगततर्फ भीमबहादुर लावती ३७ हजार २ सय रुपैयाँ बिल भुक्तानी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु