१५ बैशाख २०८१, शनिबार

कपिल शर्मा सो बन्द हुन सक्ने


भाद्र १७ | सोनी च्यानलले कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय लिएको छ । सोनी च्यानलले कपिलको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताईएको छ ।

खासमा केही समय अघि देखि नै कपिलले स्वास्थ्य ठीक नभएका कारण उनले शोको छायाकंनमा निरन्तरता दिन सकेका थिएनन् ।
यस कारण च्यानलले कपिलको शोका केही एपिशोडहरु दोहोर्याउनु परेको थियो ।

जानकारी अनुसार उनको शो अहिले अस्थायी रुपमा टेलिकास्ट भईरहेको छ ।सोनी ईन्टरटेनमेन्ट च्यानलका स्पोकपर्सनका अनुसार कपिल शर्माको स्वास्थ्य बिग्रिएकै कारण च्यानलले उनको शो बन्द गर्ने निर्णय लिएको हो ।

कपिलको स्वास्थ्यकै कारण पटक–पटक उनको शोको छायाकंन स्थगित गर्नु परेको थियो । पछिल्लो समयमा कपिल शर्माको शोमा छायाकंन गर्न आएका कलाकारहरु पनि फर्केर जानु परेको थियो । यस्तै समस्याहरुका कारण च्यानलले शो नै बन्द गर्ने निर्णय लिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !