१४ बैशाख २०८१, शुक्रबार

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ नाराको पोखरा सडक महोत्सव पुष १३ देखि  


19-th-pokhara-street-festival

कार्तिक २७, पोखरा | “सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ” भन्ने मूल नारा बोकेको पोखरा सडक महोत्सव आउदो पुष १३ देखि १७ गते सम्म हुने भएको छ । १९ औं संस्करणको उक्त महोत्सव सधैका बर्ष जस्तो आफ्नो नियमीत समयमा पोखराको लेकसाइडमा संचालन हुने भएको हो । हरेक बर्ष अंग्रेजी नयाँ बर्षको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोशियशन (रेवान ) पोखराको आयोजनामा संचालन हुने महोत्सव यस पाली अझ बढी परिस्कृत र भरपुर मनोरञ्जन दिलाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जाकनारी गराइयो ।

पाँच दिनसम्म चल्ने उक्त महोत्सव पोखरालाई अग्रेजी नयाँ बर्ष मनाउने गन्तव्य स्थलको रुपमा विकास गर्ने उदेश्यले आयोजना गरेको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले जानकारी दिए । लेकसाइडको ३.५ किलोमिटर क्षेत्रमा संचालन हुने सो महोत्सबको उधेश्य व्यवसायीक हक, हितको संरक्षण तथा संबर्द्धन गरी पोखरामा पर्यटन क्षेत्रको विकास गर्नु रहेको उनले बताए । ५ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य राखिएको महोत्सबमा विभिन्न देशको खानाका परिकारहरु संगै नेपाली कला संस्कृतिको साथमा श्रींलका , कोरियन र जापानि टोलीको सांस्कृतिक कार्यक्रम रहने रेवानका पुर्व अध्यक्ष एबम सल्लाहकार गोपी भट्टराईले बताए ।

अंग्रेजी नयाँ बर्षमा धेरै व्यवसायीहरु विदेश जाने गरेको र नेपालमा आएका पर्यटक पनि स्वदेश फर्किने गरेको अवस्था सम्झिदै भट्टराईले सम्पूर्ण पोखरेली तथा नेपाली दाजुभाई दिदीबहिनीको सहयोगले सडक महोत्सवले आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई पोखरामा तानेको बताए । महोत्सबमा ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती, नृत्य प्रस्तुती, हास्यकलाकारको प्रहशन, रेष्टुरेण्ट कर्मचारीहरु बिचको दौड एबं वेटर रेस, साहषिक र मनोरन्जनात्मक गतिविधिहरु संचालन हुने रेबान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !