१४ बैशाख २०८१, शुक्रबार

नेपालसहित तीन देशका १७ कलाकार निकुञ्जमा बसेर चित्र कोर्दै


कात्तिक २३, कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ । नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त छन् ।
चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् । आरक्ष किनारको शुक्लाफाँटा जंगल कटेजमा कलाकारहरु बिहानदेखि चित्र बनाउन व्यस्त हुने गरेका छन् । प्रकृतिका लागि कला भन्ने नारा सहित आएका कलाकारको १७ सदस्यीय टोलीमा दुई जना विदेशी छन् । उनीहरु भारत र रसियाका हुन् ।
१० दिनसम्म चित्र कोर्ने कलाकार टोलीले आरक्ष र नजिकको वस्ती अवलोकन गरेपछि आफूले देखेका दृष्यलाई चित्रमा उतार्न थालेका हुन् । शुक्लाफाँटा निकुञ्ज र आसपासको प्राकृतिक दृष्य, संस्कृति, रहनसहनलगायतका विषयलाई चित्रमा उतारिने कलाकारहरुले बताएका छन् ।
सबै कलाकारले दुई दुई वटा चित्र बनाउने छन् । ती सबै ३४ चित्रलाई रिलिप फण्ड फोर आर्ट अफ नेचरमा प्रदान गरिनेछ । कलाकारले बनाएका चित्रबाट शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसारमा टेवा पुग्ने होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !