१५ बैशाख २०८१, शनिबार

आगामी पुसको २७ गतेदेखि हुने आठौं पोखरा महोत्सवको तयारी तीब्र


pokhara-mahotsav

कार्तिक २२, पोखरा | आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक युनाइटेड क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आठौ पोखरा महोत्सवको तयारीलाई तीब्र पारेको जनाएको हो । आठौं संस्करणको पोखरा महोत्सवलाई सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङको मुल आयोजक समिती रहने गरी बिभिन्न ४१ वटा उपसमितीहरु निर्माण गरी तीब्र रुपमा काम अगाडी वढेको क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले बताए ।
“युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ स्थापना भएको क्लवले शुरुवात देखिनै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण संगै सेती नदी संरक्षण र सौर्यबत्ती जडान गर्दै आइरहेको छ । सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल युनाइटेड क्लवले आयोजना गर्न लागेको महोत्सवमा २ सय देखि २ सय २० स्टल रहने छन । ११ दिन सम्म सञ्चालन हुने महोत्सवले देशको कला, संस्कृती, भेष भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकासबाट देशलाई संवृद्धि तर्फ अग्रसरता प्रदान गर्न, बिकसित सुचना प्रविधीकोे जानकारी सर्वसाधारण समक्ष पु¥याउने, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र यस क्षेत्र उत्पादित वस्तुको बजारीकरण, स्थानिय देखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिइएको मुल आयोजक समितीका संयोजक तथा क्लवका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।
महोत्सवमा विभिन्न जात जातिका कला संस्कृति प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवशायीक संघ सस्थाहरुको सेवा वारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंक्षीको प्रदर्शनी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला लगायतका गतिविधीहरु समेत सञ्चालन हुनेछन ।
त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड, लोकल ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती, हास्य ब्यङ्ग्य, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, नेपाली संस्कृति झल्कने प्रस्तुतीका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु हुने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले वताए ।
महोत्सवमा आउने दर्शकलाई सुरक्षाको उचित प्रवन्ध, शौचालयको उचित ब्यवस्था, वाइ–फाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीवतास तथा हुलदंगा बिमा, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था गरिएको आयोजकले जनाएको छ । २ लाख ५० हजार दर्शकले अनुमान गर्ने लक्ष्य राखिएको महोत्सवमा साधारणलाई ८० र विद्यार्थीलाई ६० रुपैया टिकटदर कायम गरिएको छभने महोत्सवमा अपाङग, बृद्धबृद्धा, एकल महिला र सुरक्षा निकायलाई प्रवेश निशुल्क गराइने छ । महोत्सवमा १ करोड १४ लाख आम्दानी , ७९ लाख खर्च र ३५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !