१३ बैशाख २०८१, बिहिबार

अर्जेन्टिनाले जित्यो कतार विश्वकप फुटबलको उपाधि, फ्रान्स पराजित


अर्जेन्टिनाले जित्यो

काठमाडौँ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको हो ।

कतारको सबैभन्दा ठूलो लुसिल रंगशालामा आज आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै फेरि उपाधि जितेको हो ।

लगभग ८९ हजार दर्शक क्षमता भएको उक्त रंगशालामा अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि हात पारेको हो । आज भएको फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमै २-० को अग्रता लिएको थियो ।

खेलको पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्समाथि एकपक्षीय दबाब कायम गरेको थियो । फ्रान्सका ओसुमाने डेम्बेलेले अर्जेन्टिनाका एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो । मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले १३ मिनेटपछि नै अर्को गोल गरेको थियो । एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले दोब्बर अग्रता लिएको थियो ।

खेलको दोस्रो हाफमा फ्रान्सले नाटकीय बराबरी गर्न सफल भएको थियो । फ्रान्सका एम्बाप्पेले दुई मिनेटमा दुइै गोल गरेसँगै विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले २–२ बराबरी गरेको थियो ।

अर्जेन्टिनाका खेलाडी निकोलस ओटामेन्डीले फ्रान्सका रान्डाल कोलो मुआनीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले पहिलो गोल फर्काएका थिए । त्यसको दुई मिनेट नबित्दै एम्बाप्पेले अर्को गोल गर्दै खेललाई नाटकीय बराबरीमा ल्याएका थिए ।

खेलको दोस्रो हाफको ८० अ‍ौं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्काएका थिए । कोलो मुअ‍ानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले दोस्रो सुन्दर गोल गरेका थिए ।

फिफा विश्वकप कतार २०२२ को फाइनल खेल निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेलमा अतिरिक्त समय ३० मिनेट थपिएको थियो । खेलको अतिरिक्त अर्जेन्टिना थप एक गोल गर्दै अग्रता लियो ।

फ्रान्सले पाएको पेनाल्टीलाई किलियन एम्बाप्पेले गोल गरेपछि खेल बराबरीमा आएको थियो । एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको थियो ।

अतिरिक्त ३० मिनेटको खेल बराबरीमा भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिना लगातार ४ गोल गरेसंगै विश्वकप जितेको हो । टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको हो ।

अर्जेन्टिना यसअघि पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो भने जर्मनीसँग पराजित भएको थियो । चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै उपाधि हात पारेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !