१४ बैशाख २०८१, शुक्रबार

कतार विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो


मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौँ । कतार फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको खेलमा मोरक्कोलाई हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको खलिफा रंगशालामा तेस्रो स्थानको लागि भएको खेलमा मोरक्कोलाई हराउँदै साविकको उपविजेता क्रोएसिया विश्वकप २०२२ मा तेस्रो हुँदै कास्य पदक जितेको हो ।

निकै प्रतिस्पर्धात्मक रोचक खेलको सातौं मिनेटमा जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर २ मिनेटपछि नै मोरक्कोका अक्रफ दारीले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए ।

खेलको ४२ औं मिनेटमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोल गर्दै पुन: अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा कुनै गोल नहुँदा क्रोएसियाले सानदार जित हासिल गर्दै विश्वकप फुटबलको तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।

यसअघि क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने मोरक्को साविक विजेता फ्रान्ससँग हारेको थियो । चार वर्षअघि रुसमा भएको विश्वकप फुटबलको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएर उपविजेतामा सीमित भएको थियो ।

यस्तै मोरक्को भने विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । अव भोलि आइतबार उपाधिका लागि हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिना भिड्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !