११ बैशाख २०८१, मंगलबार

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश


फ्रान्स सेमिफाइनलमा

काठमाडौँ । इंग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सले खेलको पहिलो हाफको १७ औं मिनेटमा औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता लिएको थियो ।

खेलको दोस्रो हाफको ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेल गरेर खेल बराबरीमा ल्याएको थियो । पेनाल्टी क्षेत्रभित्र फ्रान्सको औरेलिएन चुआमेनीले इंग्ल्यान्डका बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएपछि फ्रान्सले गोल गरेको थियो ।

खेलको ७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसंग खेल्ने छ ।

मोरक्कोले आजै भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १-० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !