८ जेष्ठ २०८१, मंगलबार

मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान


आजको मौसम

बैशाख १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी भू-भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पूर्व र पश्चिमका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !