४ जेष्ठ २०८१, शुक्रबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

२०८० आषाढ २० गते (बुधबार)

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

२०८० आषाढ २१ गते (बिहीबार)

दिउँसो

देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

२०८० आषाढ २२ गते (शुक्रबार)

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ । तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !