९ जेष्ठ २०८१, बुधबार

२०८० वैशाख ६ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ ।

दिउँसो

देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको छ ।

राती

देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै नेपालमा वर्षाका गतिविधि कम भएसंगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको छ र यसबाट वायु प्रदुषणमा वृद्दि भईरहेको देखिन्छ । त्यसैले मेघगर्जन/चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !