७ बैशाख २०८१, शुक्रबार

२०७९ चैत ३ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, चैत ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसंगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको छ ।

दिउँसो

देशभर आंशिक देखी सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखी सामान्य बदली रहने छ । पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन/चट्याङ्ग र हावाहुरीवाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !