६ जेष्ठ २०८१, आइतबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, पुस २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बिहानको समयमा तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ ।

२०७९ पुस २५ गते (सोमवार)

दिउँसो

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस २६ गते (मंगलवार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस २७ गते (बुधवार)

दिउँसो

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बिहानको समयमा तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !