७ बैशाख २०८१, शुक्रबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


आजदेखि मौसम सफा

काठमाडौँ, मंसिर ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बंगालको खाडीमा बनेको न्यून चापीय क्षत्रको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७९ मंसिर ५ गते (सोमबार)

दिउँसो

प्रदेश १ लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर ६ गते (मंगलबार)

दिउँसो

प्रदेश १ लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर ७ गते (बुधबार)

दिउँसो

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !