४ जेष्ठ २०८१, शुक्रबार

बझाङमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध


बझाङमा हिमपात

बझाङ । बझाङमा हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।

शनिबारदेखि नै बेला–बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका–१० देउलीकोटका मोहन बोहराले बताउनुभयो । घाम नलाग्दा पहाडी जिल्लाका एफएफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ ।

रिले स्टेशनमा विद्युत् सेवा नहुँदा सौर्य ऊर्जाका भरमा प्रसारण भइरहेका एफएफको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ । तीन दिनदेखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुँदा सेवा प्रभावित भएको जयपृथ्वी एफएम बझाङका अध्यक्ष प्रताप ओलीले बताए ।

उनले भने, “तीन दिनदेखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुनसकेको छैन । रिले स्टेशनमै भारी हिमपात भएको छ । सौर्य ऊर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याइएको छ ।”

दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर बिहान पाँच घण्टा र साँझ पाँच घण्टा मात्र प्रसारण गर्ने गरेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !