४ जेष्ठ २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, वैशाख १७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख १७ गते (शुक्रबार)

दिउसो

देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

राती

देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख १८ गते (शनिबार)

दिउँसो

प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ ।

राती

प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ ।

२०७८ बैशाख १९ गते (आइतबार)

दिउँसो

प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ ।

राती

प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !