४ जेष्ठ २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, वैशाख १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक बादली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख १२ गते (आइतबार)

बिहान

देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ । प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ बैशाख १३ गते (सोमबार)

बिहान

प्रदेश न.१ र बाग्मति प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

राती

प्रदेश नं१,प्रदेश नं २ र बाग्मति प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

२०७८ बैशाख १४ गते (मंगलबार)

बिहान

देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ । साँझपख सतर्कता अपनाउँन विभागले अनुरोध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !