४ जेष्ठ २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम सफा

काठमाडौँ, वैशाख ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादली रहेको छ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भई रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख ११ गते (शनिबार)

बिहान

देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख १२ गते (आइतबार)

बिहान

देशका अधिकांश भू-भागमा आँशिक बदली रहनेछ ।

राती

देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

२०७८ बैशाख १३ गते (सोमबार)

बिहान

देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

राती

प्रदेश न.१ र प्रदेश न.२ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !