८ जेष्ठ २०८१, मंगलबार

आज कार्तिक २० गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, कार्तिक २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाlल नेपालमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन ।

हालको मौसमको अवस्था

हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राती

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !