९ जेष्ठ २०८१, बुधबार

आज असोज ३० गते शुक्रबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असोज ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनिय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था

हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

दिउँसो

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ , बाग्मती प्र देश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !