८ जेष्ठ २०८१, मंगलबार

आज असोज २९ गते बिहिबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असोज २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

बंगालको खाडीमा बनेर तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम-उत्तरपश्चिम दिशामा अरब सागरतिर सर्ने क्रममा रहेको छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !