४ जेष्ठ २०८१, शुक्रबार

आज साउन २४ गते शनिबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था

प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती

देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै-थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !