८ बैशाख २०८१, शनिबार

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी


देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा सोलुखुम्बु जिल्लाको पाँच पोखरीलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा पाँच पोखरीलाई पनि दिइएको छ ।

परिचय

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पाँच पोखरी अवस्थित छ । सोलुखुम्वु जिल्लाको पूर्वतर्फ सदरमुकाम सल्लेरीबाट करीब २१ कोष टाढा रहेको साविकको वुङ गाविस वडा नंं. ९ खिरौले र चेरेम गाउँको मुकुट बनेर उभिएको अत्यन्तै रमणीय उपत्यकामा पाँचवटा ठूल–ठूला पोखरीहरू छन् । तिनीहरूलाई बूढापोखरी, बूढीपोखरी, छोरापोखरी, बुहारी पोखरी र कमारा पोखरीको नामले चिनिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

धार्मिक र पर्यटकीय दृष्टिकोणले यसको धेरै महत्व छ । यस स्थानमा प्रत्येक वर्ष वैशाख महिनाको चण्डी पूर्णिमा र श्रावण महिनाको जनै पूर्णिमामा ठूलो मेला लाग्दछ ।

प्राकृतिक सौन्दर्य

यस ठाउँबाट मेरापिक, किम्पा, नुम्वुर तथा नदी, ताल, झरना आदि अत्यन्तै रमणीय दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यो पदमार्गमा थुप्रै झरना, चराचुरुङ्गी, गुफा हेर्न पाइनुका साथै वन्यजन्तुको पनि दृष्याअवलोकन गर्न सकिनेछ । यहाँवाट कुलुङ राई र शेर्पा समुदायको बिभिन्न बस्ती हुँदै तिनका संस्कृति, रहसहन र स्थानीय खानपिनको साथै सगरमाथा, ल्होत्से, मकालु, चामलाङ, मेरा पिक लगायत दर्जनौं हिमालको अवलोकन गर्न सकिनेछ ।

पर्यटकिय सम्भावना

मेरा पिक आरोहण गर्न जाने पर्यटकहरूका लागि यो पाँचपोखरी आकर्षणको केन्द्र बन्न सक्नेछ ।

कसरी पुग्ने ?

समुद्रको सतहबाट ४७५० मीटर उचाइमा रहेको पाँच पोखरीको आफ्नै खालको महत्व छ । यस पोखरीको अवलोकन गर्न जान साविकको बुङ गा.वि.स.बाट करीव २ दिन लाग्दछ भने बाटामा केही अगाडिसम्म सामान्य होटल भेटिन्छन् ।

यो पनि पढ्नुहोस्

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !