१४ बैशाख २०८१, शुक्रबार

स्वादका पारखीको केन्द्र बन्दै भक्तपुरको नगरकोट


भक्तपुरको नगरकोट

काठमाडौँ । यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखिको केन्द्रबिन्दु बनेको छ । नयाँ वर्ष शुरुभएसंगै बनभोज (पिकनिक) जानेक्रम बढेको छ । बाह्य पर्यटक, सहकारी, सरकारी, नीजि संघसंस्था, बिद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आर्कषक थलो बन्न थालेको छ ।

कोभिड-१९ रोगको महामारीले सुस्ताएको पर्यटन व्यबसाय क्रमशः तङ्रिन थालेसंगै यहाँका पर्यटन व्यवसायी, स्थानीय किसान, व्यापारी तथा सर्वसाधारण खुशी हुन थालेका छन् ।

नगरकोट आफैमा आकर्षक पर्यटक स्थल हो । उपत्यकामा गर्मी बढेसंगै पर्यटकहरु नगरकोट आउने गर्छन् । एकरात नगरकोटमा बिताउने राजधानीबासीको पुरानै बानी छ भन्नुहुन्छ–पार्क साइट प्रा.लिका सञ्चालक अध्यक्ष सुनिल ठकुरी ।

त्यसो त यहाँ राजधानीबाट मात्र होइन । उपत्यका बाहिरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखाबाट समेत आन्तरिक पर्यटक बनभोजका लागि आउने गर्छन् । रात बिताउन चहानेहरु होटल तथा रेष्टुरेन्टमा बिताउछन् भने रात बिताउन नचहाने हरु बनभोज गरेर रमाउने गर्छन् ।

झन्डै दुइवर्षसम्म लखतरान परेको पर्यटन व्यबसायमा ऊर्जा थपिएसंग आर्थिक गतिबिधि क्रमशः चलायमान बन्न थालेको छ । चागुनारायण (नगरकोट) की कृषक रामप्यारी तामाङ खुशी भएकी छिन् । कोभिड –१९ ले थलापरेको उनको प्राङगारिक खेतीले गतिलिन थालेको छ । तामाङ नगरकोट आसपासका होटल र बनभोज स्थलमा समय अनुसारका कृषि उत्पादन विक्री गरेर जिविको पार्जन गर्ने ग्रामीण महिला हुन् ।

नगरकोटमा पर्यटकको चहलपहल बढ्न थालेपछि रामप्यारी मात्र होइन, अन्डा, कुखुरा, माछा तथा दुग्ध व्यबसायी खुशी भएका छन् । पार्क साइटले भने गाँउघरमा उत्पादन भएका स्वस्थकर खाद्यबस्तुबाट पर्यटकको चहाना मेटाउन लागि परेको छ । उक्त पार्क साइटले पर्यटकको इच्छा अनुसार आफै भोज तयार पारेर उपलव्ध गरउने सम्भवतः नीजि स्तरबाट संचालित नेपालकै पहिलो पिकनिक स्थल हो पार्क साईट भन्नुहुन्छ पार्क साइटका अध्यक्ष ठकुरी ।

आजकल प्रायः मानिसहरु आ–आफ्नो काममा व्यस्थ छन् । ब्यस्तताको सहजिकरणको लागि पार्क साईटले पिकनिक तथा समुहगत कार्यक्रमलाई व्यवस्थित गर्ने जमर्को गरेको छ । विशेषतः निम्न तथा मध्यम वर्गीय जनतालाई लक्षित गरी न्यून मूल्यमा भिन्न भिन्न समुहहरु गरि एकै पटकमा करिब १,५०० जनासम्मलाई स्वादिष्ठ स्थानीय परिकार खुवाउने पार्क साईटले लक्ष्य लिएको छ ।

उपत्यका भित्र भक्तपुरको कमलबिनायक र बाहिर बनेपा सहरदेखि सजिलै ७–८ कि.मी.को दुरीमा नगरकोट पुग्न सकिन्छ । बनेपा नगरपालिकाको वडा नं. १ मा रहेको उक्त बनभोज स्थल ४० रोपनीमा फैलिएको छ । पार्क आर्कषक र मनमोहक देखिन्छ । बनभोज स्थलमा पानी, बत्ति, शौचालय, खेल मैदान को सुविधा रहेको छ ।

पार्क जंगलले घेरिएको एकान्त स्थानमा छ । सहरी भिडभाड र कोलाहालबाट टाढा, रमणीय मनोरम दृश्यावलोकन गर्दै आनन्ददायक बनभोज खान सकिने पार्क साइटले चिया बगान, कृतिम झरनाको रमणीय दृश्य र बालबालिकालाई मनोरञ्जन दिने बालउद्यानको समेत व्यबस्था गरेको छ ।

नगरकोटको पार्कसाइट बनभोज स्थल – नगरकोट आफैमा आकर्षक पर्यटक स्थल हो । उपत्यकामा गर्मी बढेसंगै पर्यटकहरु नगरकोट आउने गर्छन् । एकरात नगरकोटमा बिताउने राजधानीबासीको पुरानै बानी छ ।

 भक्तपुरको नगरकोटभक्तपुरको नगरकोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु