७ बैशाख २०८१, शुक्रबार

घरमा शान्ति कायम गर्ने ६ कुराहरु थाहा पाइ राख्नुहोस्


home
Tara Paudel
तारा पौडेल

घर भनेको मन्दिर हो जहाँ हामीलाई सुख, आनन्द र सम्वृद्धिको अनुभूति मिल्छ । शान्ति मनुस्य जातिको नैसर्गिक अधिकार हो जसलाई कायम गर्न हामीले कसरत पनि गर्नुपर्ने हुन्छ । अक्सर आफ्नो घरमा शान्ति कायम गर्न हामी चुकीरहेका पनि हुनसक्छौं । यहाँ ६ तरिका दिइएको छ जसले गर्दा आफ्नो घरमा शान्ति भित्राउन सकिन्छ ।

१. जुत्ता चप्पल सही स्थानमा राख्ने गर्नुहोस् :
shoe rack

हामी वा अन्य परपाहुनाहरु बाहिरबाट आउँदा जुत्ता चप्पल एउटा सही ठाउँमा राख्ने गर्नुपर्दछ । जताततै छरपस्ट रुपमा जुत्ता चप्पल राख्नाले शत्रुहरुको भय हुने र अमंगलको प्रभाव पर्न सक्ने सम्भावना रहन्छ ।

२. आफ्नो घरमा आउने जुनसुकै व्यक्तिहरुलाई पहिला चिसो पानी दिने गर्नुहोस् :
water

आफ्नो घरमा आउने परपाहुनाहरु र काम गर्ने व्यक्तिहरुलाई पहिले १ गिलास चिसो पानी दिने गर्नाले त्यो घरमा कहिल्यै पनि अमंगल प्रवेश गर्न पाउँदैन र घरमा शान्ति पनि कायम रहन्छ ।

३. आफ्नो घरमा जताततॆ थुक्ने काम नगर्नुहोस् :

spitting

आजभोलिका मानिसहरुका आ-आफ्ना प्रकारका आदतहरु हुने गर्दछन् । यस्ता आदतहरुमा अम्मलहरु पर्ने गर्छन् । जुनसुकै कुराहरु खाएर जथाभावी थुक्ने काम गर्नुहुँदैन । यसो गर्दा पृथ्वीलाई पनि असह्य पीडा हुन्छ, घरमा लक्ष्मीको बास पनि हुँदैन र दरिद्र नारायणको प्रवेश हुन्छ ।

४. खाना फ्याँक्ने काम गर्नुहुँदैन :
wasting food

खाना थालीमा फ्याँक्ने बानी नगर्नुहोस् । जसले अन्नको कण फ्याँक्ने काम गर्दछ उसले दरिद्रता निम्ताउने काम गर्दछ । सोच्नुस् त संसारमा कति मान्छे को लागि एक थाल खाना केवल सपना हुने गर्दछ । कति मान्छेहरु सडकमा फ्याँकिएको खानाको लागि संघर्ष गरिरहेका हुन्छन् ।

५. आफ्नो घरमा आउँदा केही न केही लिएर आउनुहोस् :

shopping bag

दिनभरि बाहिर बसेर आफ्नो घरमा आउँदा केही न केही लिएर आउनुहोस् । यसो गर्दा लक्ष्मी माता अत्यन्तै प्रसन्न हुनुहुन्छ र परिवारमा प्रेम पनि बढ्छ ।

६. आफु सुत्ने ओछ्यान आफैं मिलाउनुहोस् :

bed sheet

आफ्नो ओछ्यान आफैं मिलाउने बानी सार्है राम्रो हो । आफ्नो ओछ्यान नमिलाएको खण्डमा शनि र राहू ग्रहले प्रभाव पार्ने गर्दछन् । त्यसैले ओछ्यान मिलाउन किन्चित पनि अल्छी नगर्नुहोस् । यो नसोच्नु होस् कि ओछ्यान मिलाउने काम छोरी मान्छेको मात्र हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !