४ जेष्ठ २०८१, शुक्रबार

वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ अध्ययन गर्ने कोठा


अध्ययन गर्ने कोठा

काठमाडौँ । वास्तशास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ ।

हिन्दु धर्म अनुसार वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ । वास्तुशास्त्र अनुसार मानिस बस्ने घर अथवा भवन निर्माण गर्दा कुन दिशा शुभ कुन अशुभ हुने कुरा यसरी विश्लेषण गरेको छ । वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ । यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ । वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष यस्तो हुनुपर्छ ।

१. अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान-पूर्व (उत्तर) दिशा श्रेष्ठ हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ ।

२. अध्ययन गर्ने टेबल आकारमा वर्गाकार या आयातकार हुनुपर्छ । टेबुलको आकार निकै ठुलो अथवा धेरै सानो पनि हुनु हुदैन । टेबल पुस्तकहरुले भरिएको हुनु हुदैन ।

३. अध्ययन कक्षका भित्ताको रंग हल्का निलो, घिउ रंग, सेतो वा हल्का हरियो राख्न सकिन्छ ।

४. अध्ययन कक्षमा नै सुत्ने व्यवस्था हुनुपर्छ । टेबल लेम्प अध्ययन टेबलको दक्षिण-पूर्व दिशामा हुनु उपर्युक्त हुन्छ । टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ ।

५. किताबहरु राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर-पूर्व दिशामा राखिनुपर्छ । अध्ययन कक्षको उत्तर पश्चिम दिशामा नराख्नु नै उचित हुन्छ ।

६. विद्यार्थीले पूर्व वा उत्तरतर्फ फर्केर अध्ययन गर्नु शुभ मानिन्छ । अध्ययन गर्दा विद्यार्थी सिधा विम मुनी बस्नु हुँदैन ।

७. अध्ययन कोठामा स्वतन्त्र रुपमा हावाको ओहोर-दोहोर हुने र उज्यालो हुनुपर्छ । विद्यार्थीले झ्यालतिर फर्केर पढ्नु हुँदैन ।

८. अध्ययन गर्दा विद्यार्थीको सिधा पछाडि भित्ता वा अडेसा लाग्न सकिने अवस्था हुनु शुभ मानिन्छ । अध्ययन गर्ने टेवल वर्गाकार वा आयतकार हुनु शुभ मानिन्छ ।

९. अध्ययन कोठामा ह्रिंसक एवं उत्तेजक देखिने किसिमका तस्वीर वा दृश्यहरु राखिनु हुँदैन । अध्ययन कोठामा भगवान श्री गणेश, माता सरस्वती लगायत हिमाल आरोहण गरेको, प्रसिद्ध व्यक्तित्वहरुको, सुन्दर बगैंचाहरु भएको जस्ता फोटो हरु टाँस्नु शुभ मानिन्छ । यस्ता दृश्यहरुले बिद्यार्थीलाई निरन्तर उत्प्रेरणा दिईरहन्छ ।

१०. अध्ययन कोठामा आवश्यक पर्ने कम्युटर लगायत मेशिनरी सामानहरु कोठाको दक्षिण पूर्वतिर राखिनुपर्छ । पेण्डुलम घडी कोठाको उत्तरतिर राख्नु उत्तम हुन्छ ।

११. अध्ययन गर्ने कोठामा हलुका किसिमको पहेंलो, सुन्तला वा निलो रंग प्रयोग गर्नु शुभ हुन्छ ।

१२. पढ्ने कोठामा वास्तु पिरामिड राख्नु शुभ हुन्छ । अध्ययन कोठा शान्त हुनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !