११ पुस २०८१, बिहीबार

मनाङ एयर हेलिकप्टर दुर्घटना (अपडेट) : मृतक ६ जनाकै शव फेला


मनाङ एयरको हेलिकोप्टर फाइल फोटो

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । मनाङ एयर उक्त हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि भएको बताएको छ । अहिलेसम्म सबै शव संकलन भइसकेको प्रहरीले बताए छ ।

हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु हुने पाइलटसहित विदेशी सवैको परिचय पनि खुलेको छ । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा क्याप्टेन चेत गुरुङ र अन्य ५ जना मेक्सिकन नागरिकसहित सवै ६ जनाकै परिचय खुलेको हो ।

हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका थिए ।

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा चौरी गोठालाहरु भेटेका थिए । भकान्जेको काँडेनजिकै ठूलो विस्फोटको आवाज आएपछि घटनास्थलमा हेर्दा हेलिकप्टर दुर्घटना भएको देखेका थिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । यद्यपि सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

यो पनि पढ्नुहोस्

मनाङ एयर हेलिकोप्टर दुर्घटना (अपडेट) : पाइलटसहित सवैको परिचय खुल्यो

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एकको अवस्था अज्ञात

मनाङ एयरको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना

६ जना यात्रु सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !