११ बैशाख २०८१, मंगलबार

भोलि बुधबारदेखि सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा


बुद्ध एयरको जहाज

काठमाण्डाै । वायुसेवा सञ्चालक संघ, नेपालले सबै उडान बन्द गर्ने निर्णय गरेको छ । वायु सेवा सञ्चालक संघ नेपालले भोलि बुधवारदेखि आकस्मिक सहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै संघले भोलिदेखि आकिस्मक सहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उडानहरू बन्द गर्ने निर्णय गरेका हुन् ।

सञ्चालक संघद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्रका विमान तथा हेलिकोप्टरहरु बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने, दुई चालक राख्नुपर्ने लगायतका मागहरु अव्यवहारिक भएकाले फिर्ता लिन माग गरिएको र मागको सुनुवाइ नभएपछि उडान नै रोकेर आन्दोलनमा उत्रिनुपरेको उल्लेख छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !