काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सको उक्त जहाजको इन्जिन फेल भएपछि काठमाडौं नै फर्काएर आकस्मिक रुपमा सुरक्षित अवतरण गरिएको हो ।
८७ जना यात्रु लिएर काठमाडौंबाट धनगढीका लागि उडेको १९ मिनेटपछि श्री एयरलाइन्सको उडान नम्बर–२२३ को जहाज २५ माइलमा पुगेपछि बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।
उक्त विमान धनगढीकाे लागि बिहान ११ः४८ बजे उडेकाे थियाे । आज अपराह्न १२ः०७ बजे त्रिभुवन विमानस्थलमा सुरिक्षत रुपमा आकस्मिक अवतरण गरिएकाे हो । अहिले उक्त जहाजको प्राविधिक परीक्षण जारी रहेको छ ।