१४ बैशाख २०८१, शुक्रबार

फर्किएर हेर्दा अघिल्लो वर्ष २०७८ सालको सम्झना


सूर्यास्त

हाम्रो जीवनमा यस्ता बर्षको आगमन भइ नै रहेको हुन्छ । यस्ता वर्षले हामीलाई पुराना यादहरु सम्झाउने गरेको हुन्छ । नयाँ बर्षको आगमनसंगै आफ्नो उमेर खस्कदै गरेको अनुभव हामीले लिएका हुदैनौ यो भने रोचक छ । वास्तवमा कुरा सहि हो । कति पछि हेर्ने अघि नै हेरौं भन्ने सोच जागेर हुन सक्छ ।

आउनुहोस् अब बितेका सम्झनाको एकपटक विवेचन गरौं । २०७८ सालमा राजनैतिक उथलपुथल भए महंगीले चरम सीमा नाघेको थियो । हत्या-हिंसा बलत्कार जस्ता अमानवीय घटना क्रम धेरै बढेका थिए । यो हामीले भोगेका घटना हुन भन्दा खासै फरक थिएनन् । देशले खासै विकास गर्न सकेन् । भ्रष्टाचारले चरम सीमा नाघेका समाचार दिन दिनै हामीले सुन्ने गरेका थियौं ।

नेपाली जनताले देशमा परिवर्तन होस् भन्ने कामना २०७७ सालको अन्तमा नयाँ बर्षसंगै कामना गरेका थिए तर ती सपना सपना मात्र हुन पुगे । २०७८ सालमा देशमा अनावश्यक फजूल खर्च मात्र भएको थियो । देश सुहाउदो नयाँ काम खासै भए जस्तो लागेन । हरेक राजनीति दलले विकासलाई भन्दा कुर्सी जोगाउन निकै कसरत गरेको पाए मेरो बिचारमा यो गलत थियो ।

हरेक व्यक्ति परिवर्तन चाहने गरेका हुन्छन् । परिवर्तनको नाममा देशको परिवर्तन नभए पनि नेताको जीवनमा परिवर्तन धेरै देखिए यो पनि एउटा विकास भन्दा खासै फरक थिएन । २०७८ सालमा थुप्रै टावर बनाइ टावर बनाउन हानथाप लागेको थियो जसले देशमा आर्थिक संकट निम्त्याएको थियो । कुनै पनि काम गर्दा दूरदर्शिता हुनुपर्छ । देशले विकासको सपना भन्दा बाहिर रहेर काम गर्ने सपुत जन्माएको देखियो ।

सन्तान सहि भए घरको विकास गर्छ नेता सहि भए देशको विकास गर्छ । गलत छविको नेताले देशको माया कदापि गर्देन । २०७८ सालमा विकासको एजेण्डा विना समाप्त भएको छ । हात थापेर देश हाक्ने जस्ता कामले अग्रता लिएको हामीले पायौं; आफैंमा यसलाई दु:खद मान्नुपर्छ । विकास गर्न सवैभन्दा पहिले दुरदृष्टि आवश्यक हुन्छ । देशमा के छैन सवै हुँदा-हुँदै विकासलाई भन्दा फजूल खर्चलाई बढी ध्यान दिइएको पाइएको छ ।

अब नयाँ सालको आगमन हुँदै गर्दा कल्पना गरौं २०७८ नआओस्। हरेक नेपालीको चाहना विपरित काम नहोस् । नयाँ सालले सवैको घर आगनमा खुसीयाली छाइदिओस् । देशमा विकासको गुरुयोजना सवैमा जागोस् । देशमा आर्थिक संकट हटेर जाओस् । नेपाली जनताको भावनासंग गलत खेल खेल्ने अवसर कसैलाई नआओस् ।

सबैभन्दा ठूलो समस्या महगीले गरिबको चुलोमा आगो नबल्ने जस्ता क्रियाकलाप नदेखिओस् । चुनाव आउदै छ राम्रो योग्य नेताको छनोट हुन सके देशले काँचुली फेर्ने छ । नेता चुन्दा आफ्नो होइन राम्रो चुन्ने कुरामा सवैको ध्यान जाओस् यही छ नयाँ बर्षको हार्दिक शुभकामना !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !