कसैलाई हजुर औषधि नखानुस् जडिबुटी बनाएर खानुस् ठिक नभए मात्र अन्य औषधि खानुहोला भनेकोमा केहि विद्वान् साथीहरू यसको वैज्ञानिक आधार खोज्नतर्फ लाग्नु भयो तर केहीले विश्वासलाई आधार मानेर खानुभयो जसले खाएन उ पछि नै रहे जसले खायो उ अघि बढ्यो ।
हामीले त्यस्ता वस्तुको वैज्ञानिक आधार खोज्नु राम्रो हो जसको प्रयोग आजसम्म कसैले गरेको छैन । जुन बस्तुलाई परम्परादेखि प्रयोगमा आयो त्यसको वैज्ञानिक आधार भनेकै त्यसबाट उठाइसकेको फाइदा नै हो भन्दा खासै फरक छैन ।
उदाहरणका लागि हामीले लसुन, प्याज, अदुवा, ल्वाङ सुकमेल जस्ता हाम्रो भान्सामा हुने र दैनिक प्रयोगमा आउने वस्तुको वैज्ञानिक आधार भनेकै त्यसबाट उठाइएको फालदा हो भन्दा फरक नपर्ने देखिन्छ ।
हाम्रो देशमा धेरै पढेका छन् तर प्रयोगविहिन छन् । पढेर पढेको कुरा समाजमा जबसम्म लागु गर्न सक्दैनन् तबसम्म पढाइको कुनै अर्थ रहदैन । शिक्षा त्यस्तो कडि हो जसलाई जति प्रयोग गरेव त्यति अनुभव बढ्दै जाने हो ।
कुनैपनि वस्तुको जति प्रयोग हुन्छ त्यतिनै त्यो वस्तुको महत्व बढ्दै जान थाल्नेछ । हामीले कुनै बस्तुलाई जबसम्म चाखदैनौं तबसम्म त्यो वस्तुको स्वाद र वैज्ञानिक आधार प्राप्त गर्न सक्ने छैनौं । मेरा थुप्रै साथीहरू हुनुहुन्छ । एउटा पढेको व्यक्तिले भन्दा एउटा अनपढ व्यक्तिले कमाउने गरेको नेपालमा देख्न सकिन्छ ।