७ बैशाख २०८१, शुक्रबार

सानालाई पनि सहयोग गरौं एकदिन काम लाग्नेछ


डा. राम बहादुर बोहरा

मह संकलन गर्ने काममा मौरी धेरै टाढाको सफरमा जानुपर्ने हुन्छ । फर्कने क्रममा अचानक नदिमा खस्छ । पानीमा खस्नासाथ उड्न सक्दैन र उसले अब नबाँचिने भयो भन्दै आँखा चिम्म गरेको हुन्छ । यो दृष्य एउटा डालीमा बसेको ढुकरले देखेको हुन्छ ।

उसको मनमा त्यो मौरीलाई बचाउन एउटा पात तोडेर उसको नजिक फालिदिन्छ । मौरीले ढुकुरलाई धन्यवाद दिदै पातको साहेताले उड्न सफल हुन्छ । यसैगरी दिन वित्दै जान्छ एकदिन एउटा सिकारीले त्यो ढुकुरलाई मार्न निसाना लगाएको हुन्छ यो देखेपछि मौरीले शिकारीको आँखामा टोकी दिन्छ र ढुकुरलाई बचाइदिन्छ ।

सानो भनेर हेप्नु गलत छ । अगाडि डुब्न लागेको त्यो सानो मौरीलाई यदि डालीमा बसेको ढुकुरले नबचाइ दिएको भए सिकारीको हातबाट ढुकुर मर्ने थियो । कहिलेकाही सानाले पनि ठूलाको मद्दत गरेर ठूलालाई बचाउन सक्छ । समय कसैको पाहुना होइन आज सानो भनेर हेप्नु गलत छ ।

सानो भनेर हेप्ने प्रचलन पैसावालाको छ । पैसाको स्थायित्व कसैसँग पनि हुदैन । आज कमजोरसंग छैन भोलि हुन सक्नेछ । हरेक कमजोर व्यक्ति भोलि सम्पन्न हुनसक्छ । हरेक धनी व्यक्ति फजुल खर्च र अरूलाई तल देखाउन खोज्दा भिखारी नहोला भन्न सकिदैन ।

आज नेपाल जस्तो अल्पविकसित राष्ट्रमा भएका बहुमुल्य खनिजमा धेरैको आँखा लागेको छ भन्दा खासै फरक छैन । नेपाल पछि पर्नु भनेकै परनिर्भर जनता मात्र होइन सरकार पनि लागेको देखिन्छ । उद्योग स्थापना गर्दै भएका खानी उत्खनन् गरेर देशको विकास गर्न सकिन्छ ।

नेपालमा तेल खानी छ, फलाम खानी छ, युरेनियम खानी छ, जलस्रोत छ, जडिबुटी छ यति हुँदा पनि हात थाप्दै गर्दा यता कसैको ध्यान पुग्न सकिरहेको छैन । देश खस्कनुमा कमजोर सोच प्रमुख देखिएको छ । नेपाललाई धर्मनिरपेक्षता लाद्नुले पनि छाडा स्वभाव हुन जाँदा छाडा पशु जस्तै भइदिनाले आज देश क्रमश: गुलाम बन्ने तर्खरमा लाग्दैछ ।

राजाले गरेनन् भन्ने तर आफूले केहि गर्न नसक्ने आफ्नो धर्म संस्कृतिलाई समेत समाप्त पार्दै जानुको प्रतिफल भनेकै अहिलेको व्यवस्था हो । जहाँ धर्म र संस्कृतिको डर हुदैन त्यहाँ हत्या हिंसा बलात्कार, भ्रष्टाचार जस्ता अमानवीय तत्व हावी हुदै जान थाल्दछ । पैसा भन्दा अरूमा कसैको ध्यान गएको हुदैन ।

जनताले विकास गर्न होइन कमाउन पठाएका हुन मैले जसरी पनि कमाउनु पर्छ भन्ने भावनाको विकास भएको देखिन्छ । यसको ठोस कारण हो अन्धभक्त नेपाली जनता । पार्टीको इसारामा नाच्न खोज्दाको परिणाम भनेकै विकास शुन्यमा झर्नु हो भन्दा खासै फरक छैन । आज हरेक मान्छे स्वार्थमा चुर्लुम्म डुवेको छ । घर खेत बेचेर चुनाव लडेको हुन्छ । चुनाव जित्नु भनेकै व्यापार गर्न र अतुल सम्पत्ति जोड्ने सुनौलो अवसर हो भन्ने बुझ्दै गर्दा आज युवा पलायन हुनु यसैको परिणाम हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !