२४ पुस २०८१, बुधबार

प्रचण्डजी किन यति पानीमरूवा र हुतिहारा हुनुभयो ?


केशव प्रसाद भट्टराई

काठमाडौँ । लेखक तथा राजनीतिक विश्लेषक केशव प्रसाद भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ किन यति पानीमरूवा र हुतिहारा हुनुभयो ? भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल फेसबुकमा एउटा स्टाट्स लेख्दै उनले प्रचण्डलाई व्यंग गरेका हुन् ।

१. सर्वोच्चको पछिल्लो फैसलाले एमालेको ठूलो पङ्क्तिले दशा टरेको,
रोग पन्सिएको,
क्यान्सरबाट मुक्ति पाइएको जस्तो अनुभव गरेको देखियो ।
कसैले कब्जा गरेको आफ्नो घर खेत फिर्ता पाएको जस्तो अनुभव गर्यो ।
मेची महाकालीमा उनीहरूको अपार खुशी र प्रशन्नता छचल्किएको, पोखिएको देखियो ।
उनीहरूको अनुहारमा त्यसको चमक पनि थियो ।

२. तर माओवादीहरू ठ्याम्मै विपरित अवस्थामा देखिए ।
रुञ्चे अनुहार लगाएर,
निचोरिएको, सोहोरिएको अनुहार देखाएर,
आक्रोशित र उत्तेजित भएर
रोएर, कराएर, बिलौना गरेर बसेका छन् !
घर खेत सवै बाढी र पहिरोमा परे जस्तो,
परिवार गुमाए जस्तो !
अनाथ र टुहुरो भए जस्तो !
घरबाट निकालिएर सडकमा पुगे जस्तो !
सर्वस्वहरण भए जस्तो !

३. छुट्टै बस्न पाएकोमा अर्को पक्ष खुशी छ, दङ्ग दास छ,
तर माओवादीहरू उनीहरूसँगै बस्न पाउँ,
दया-कृपा गरेर हामीलाई फेरी एकै ठाउँमा बस्ने,
यौटै घरमा, एकै ओछ्यानमा बस्ने पारिदेऊ ,
हामी त बाँच्ने नसक्ने भयौँ भने जस्तो गरेर फेरी अदालतमा निवेदन गर्न जाने रे ।
जबकी अर्को पक्ष सँगै बस्न सिकसिको मानिरहेको छ ।
लुतो मानिरहेको, रोग मानिरहेको देखिन्छ ।
तपाइँहरूबाट अलग हुन पाउँदा त्यति खुशी, त्यति प्रशन्न देखिने समूहसँग फेरि सँगै बस्न त्यत्रो रहर तपाइँहरू ?
यही हो तपाइँहरूको व्यक्तिगत र राजनीतिक स्वाभिमान ?
यही हो नेपाली जनतामा तपाइँहरूले दिने नैतिकता, स्वाभिमान र विश्वासको शिक्षा ?
नैतिकता, स्वाभिमान र विश्वासको मानदण्ड ?
अलिकता त आत्मविश्वास प्रदर्शन गर्नोस !
राजनीतिक रूपमा तपाइँहरू यति कमजोरी, निरीहता, लाचारी र कायरता प्रदर्शन गर्नुहोला भनेर त कल्पना गरिएको थिएन ।
१२ बुँदेका रचयिता वाह्यशक्तिहरू, काङ्ग्रेस र एमालेको बल र भर नपाए त तपाइँहरू बाच्न नसक्ने हो ?
आफ्नै हुतीले, आफ्नै राजनीतिक मान्यता बोकेर आफ्नै सांगठानिक क्षमताको बलमा नेपालको राजनीतिक भूमिमा उभिने हिम्मत हारेकै हो !
एमालेको बुई बिना बाँच्न नसक्ने हो ?

४. सँगै बस्ने इच्छा नगर्ने सँगसँगै बस्न पाउँ भनेर अनुनय विनय गर्न अदालत धाउनु अधिकारको लडाई होइन,
किन कि तपाइँहरूको कुनै अधिकार खोसिएको छैन !
सत्ता र शक्तिको बलमा अर्काको सम्पत्ति खोसेर अन्यायपूर्वक त्यसलाई भोग चलन गरेर बस्नु भएको थियो,
त्यसलाई छोड्नोस, आफ्नै आफ्नै घरमा बस्न जानोस,
फेरी संगै बस्नु छ भने सहमतिमा छुट्टै घर बनाएर बस्नोस भनेको त हो नी ।

प्रचण्डजी किन यति पानीमरूवा र हुतिहारा हुनुभयो ?

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !