२०७० को दशकदेखि यता सामान्य पढे लेखेका व्यक्तिहरू पनि राजनीतिको कखगघ जान्ने भए यसरी परिवर्तन हुदैछ यो देशमा । यसको प्रमुख कारण भनेकै राजनीतिज्ञहरूले राजनीति संस्कार सिकाउदै गए भन्दा खासै फरक छैन । माथिकाले गलत गर्छन् भने यसको सोझो असर तल हुदै जान्छ ।
काम कर्तव्य र अधिकार क्षेत्र मिचेर गर्ने कामको मुल्याङ्कन जनताले गर्दै जानेछन् भन्दा खासै फरक छैन । हिजोसम्म बोल्न नसक्ने जनता आज बोल्न थाल्दैछन् । यसरी नै परिबर्तन हुदै जाने हो भने नेपालमा बच्चाले समेत राजनीति गर्न थाल्नेछन् । बहुमतको सरकार छ तर काम गर्न नदिने खिचातानीले गर्दा गर्न चाहनेले समेत केहि गर्न नसक्ने देखिएको छ ।
अहिले केन्द्रदेखि नगर र वडासम्म कोही सानो हुन चाहदैनन्, यसले कसैको भलाई नगर्ने निश्चित देखिन्छ । यसैको प्रतिफल आज जनताले भोक्दैछन् । अहिले चुनावको हावा चल्दै छ कसलाई कहाँ फाल्छ यसको कुनै पनि नतिजा राम्रो होला जस्तो लाग्दैन ।
हिजो राजाले गरेनन् भन्ने नेतृत्व आज जिल्लादेखि केन्द्रसम्म छन् । विकासतर्फ कसैको ध्यान पुग्न सकेको छैन । हामीले हमेसा भुत भविष्य र बर्तमानलाई हेरेर अघि बढ्नु पर्दछ । आज सवै वर्तमानमा रोमिलिएको देखिन्छ ।
यदि हामीले भविष्य सोचेर काम गर्छौं भने हाम्रा अग्रगामी कदम कसैले चाहेर पनि रोक्न र छेक्न सक्ने अवस्था रहने थिएन तर यहाँ आज खाउँ भोली देखउला भन्ने कुराले गर्दा आज विकास धेरै पछाडि धकिलिदै गएको छ ।
विकास हामीले चाहे सम्भव छ तर हामीमा विकासको कुनै चाहना छैन त्यसैले गर्दा हामी पछि पर्दैछौं । हामीले अरूले गरेनन् होइन गरेर देखाउने वातावरण तयार गर्दै जान थाल्नुपर्छ । तर यहाँ काम गर्ने खालको वातावरण नै बनाउन नचाहनेको संख्यामा वृद्धि भएको देखिन्छ ।
स्वार्थ दुई किसिमको हुन्छ । एउटा व्यक्तिगत स्वार्थ र अर्को राष्ट्रप्रतिको स्वार्थ । हामी अहिले राष्ट्रको स्वार्थमा भन्दा आफ्नै स्वार्थमा रोमिलिएर अघि बढ्दै छौं । जनता महङ्गिको चापमा छ तर यता हेर्ने फुर्सद कसैलाई छैन । यस्तो कार्यले नत जनताको भलो हुन सक्छ नत राष्ट्रको नै हित हुन सक्छ ।
अब हामीले गोपनियतालाई जीवन्त राख्दै देशको विकासमा कसैको दखल नहोस् भन्ने सोचलाई ध्यानमा राखी छिमेकीसंग सुमधुर कुटनीतिक सम्बन्ध राख्दै अघि बढ्न सके परिवर्तन सम्भव निश्चित हुने देखिन्छ । देशमा विकास गर्ने थुप्रै परियोजना छन् तर त्यस्ता परियोजनामा विदेशी लगानी नभई स्वदेशी लगानी लगाउन सके यसको प्रभाव सोझै जनतामा देखिन सक्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।