७ बैशाख २०८१, शुक्रबार

विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएर दुधको साँची बिरालो राख्नु गम्भिर भूल : दिल निसानि मगर


दिल निसानि मगर

काठमाडौं । दिल निसानि मगरले विध्यादेवी भण्डारीलाई जनताको छोरीका रुपमा राष्ट्रपति प्रचण्डले बनाएको बताएका छन्। आज एक स्टाटस लेख्दै दिल निसानिले विद्यादेवी भण्डारीलाई राष्ट्रपति, केपी ओलीलाई प्रधानमन्त्री प्रचण्डले बनाएको दावी गरेका छन् ।

दिल निसानिले लेखेका छन्, “विध्यादेवी भण्डारीलाई जनताको छोरीका रुपमा राष्ट्रपति बनाएको प्रचण्डले हो, केपी ओलीलाई प्रधानमन्त्री बनाएको प्रचण्डले नै हो। तर उनीहरु यो हद सम्मको फासिस्ट निरंकुश शासक बनेर यसप्रकारको संविधान बिरोधी कालो हर्कत गरेर गणतन्त्रिक व्यवस्थाकै हुर्मत काड्लान् भन्ने पूर्वानुमान हुन सकेन। दुधको साँची बिरालो राख्नु गम्भिर भूल थियो।
प्रचण्ड आफ्नो राजनैतिक लाईनमा कहिल्यै पनि पराजित हुनु परेको ईतिहास छैन। यो अकाट्य सत्य हो । उनको संघर्षमा यस्ता झिना मसिना बाधा अवरोधहरु आउछन्,हराउछन्,विलय हुन्छन्। अस्थिरता र संकटको मौका छोपेर पिसाबको न्यानोमा रमाउने अत्याचारीहरु छिट्टै लाखापाखा लाग्नेछन्। परास्त हुनेछन्।
हिजो जनयुद्धको घोषणा, राजतन्त्रको अन्त्य देखि लिएर धर्म निरपेक्षता संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा सम्म आईपुग्दा प्रचण्डको अर्को नाम विजय हो ।हिजो संविधान निर्माण गर्छु भन्दा खिस्सी गरेर हाँस्नेहरु आज फेरी खिस्सी गरेर हाँस्दैछन्। यिनीहरुको काम हाँस्ने र हँसाउने मात्र हो। राजनितीक, विचार केही पनि छैन। यिनीहरु मूलत; प्रतिगामी शक्ति हुन्।
यिनीहरु परिवर्तन नचाहने दक्षिणपंथी संविधान बिरोधी तत्तवहरुको अन्तिम अश्त्र हुन्। र यिनीहरुको नाईके अहंकारी, घमण्डी समावेशी पहिचान बिरोधी केपी ओली हुन्। यसप्रकारका भुसुनाहरुको चमकधमक धेरै टिक्नेवाला छैन। राजनितीक रुपमै यिनीहरु ध्वस्त हुदैछन्। र फेरी एकपटक हर्षोल्लासका साथ प्रचण्डको वैचारिक राजनितीक जित हुने निश्चित छ।
यो प्रचण्डको बियष हैन,भावी युवा पुस्तकाहरुको राजनितीक, संवैधानिक हकका लागी फेरी संघर्ष गर्नुपर्ने स्थित आईपुगेको छ। जनताको संवैधानिक हक खोसेर विदेशी शक्तिको आडमा देशलाई अस्तब्यस्त बनाउन प्रयासरत शामन्ती सोच बोकेका यस्ता कुपात्रहरुको भ्रत्सना गरौ।यिनीहरुबाट संसद र संविधानको रक्षा हुन कदापी सक्दैन। परिवर्तनको रक्षा हुन सक्दैन।

हो, केपी ओलीलाई प्रधानमन्त्री बनाएको प्रचण्डले नै हो। तर उनीहरु यो हद सम्मको फासिस्ट निरंकुश शासक बनेर यसप्रकारको संविधान बिरोधी कालो हर्कत गरेर गणतन्त्रिक व्यवस्थाकै हुर्मत काड्लान् भन्ने पूर्वानुमान हुन सकेन। दुधको साँची बिरालो राख्नु गम्भिर भूल थियो।

प्रचण्ड आफ्नो राजनैतिक लाईनमा कहिल्यै पनि पराजित हुनु परेको ईतिहास छैन। यो अकाट्य सत्य हो । उनको संघर्षमा यस्ता झिना मसिना बाधा अवरोधहरु आउछन्,हराउछन्,विलय हुन्छन्। अस्थिरता र संकटको मौका छोपेर पिसाबको न्यानोमा रमाउने अत्याचारीहरु छिट्टै लाखापाखा लाग्नेछन्। परास्त हुनेछन्।
हिजो जनयुद्धको घोषणा, राजतन्त्रको अन्त्य देखि लिएर धर्म निरपेक्षता संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा सम्म आईपुग्दा प्रचण्डको अर्को नाम विजय हो ।हिजो संविधान निर्माण गर्छु भन्दा खिस्सी गरेर हाँस्नेहरु आज फेरी खिस्सी गरेर हाँस्दैछन्। यिनीहरुको काम हाँस्ने र हँसाउने मात्र हो। राजनितीक, विचार केही पनि छैन। यिनीहरु मूलत; प्रतिगामी शक्ति हुन्।
यिनीहरु परिवर्तन नचाहने दक्षिणपंथी संविधान बिरोधी तत्तवहरुको अन्तिम अश्त्र हुन्। र यिनीहरुको नाईके अहंकारी, घमण्डी समावेशी पहिचान बिरोधी केपी ओली हुन्। यसप्रकारका भुसुनाहरुको चमकधमक धेरै टिक्नेवाला छैन। राजनितीक रुपमै यिनीहरु ध्वस्त हुदैछन्। र फेरी एकपटक हर्षोल्लासका साथ प्रचण्डको वैचारिक राजनितीक जित हुने निश्चित छ।
यो प्रचण्डको बियष हैन,भावी युवा पुस्तकाहरुको राजनितीक, संवैधानिक हकका लागी फेरी संघर्ष गर्नुपर्ने स्थित आईपुगेको छ। जनताको संवैधानिक हक खोसेर विदेशी शक्तिको आडमा देशलाई अस्तब्यस्त बनाउन प्रयासरत शामन्ती सोच बोकेका यस्ता कुपात्रहरुको भ्रत्सना गरौ।यिनीहरुबाट संसद र संविधानको रक्षा हुन कदापी सक्दैन। परिवर्तनको रक्षा हुन सक्दैन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !