राजतन्त्रले गरेका गल्ती र गणतन्त्रमा भएका भुलको समिक्षा हुनुपर्थ्यो
लोकतान्त्रिक गणतन्त्रमा बिकासको चर्चा हुनुपर्थ्यो ।
तुहिएका र तुहाईएका अनि ढलेका र ढालिएका संरचनाको बहस हुनुपर्थ्यो ।
निरंकुशताले च्यापिएका अनि मोकमरिले थलिएका जनताको “चर्चा” हुनुपर्थ्यो ।
बेचिएका उद्योग अनि बिदेशिएका युवायुवतीको “बहस” हुनुपर्थ्यो ।
१८ औं र १९ औं शताब्दीमा राणा र राजाले गरेका गल्ती अनि गणतन्त्रका मतियारबाट भएका भुलको समिक्षा हुनुपर्थ्यो ।
ढलेको समाजवादी सिविर अनि घटेको कोतपर्वको बहस हुनुपर्थ्यो ।
हुनुपर्ने बिकास र पुग्नुपर्ने लक्ष्य समृद्धिको बहस हुनुपर्थ्यो ।
स्वास्थ्य र शिक्षामा नि:शुल्क अनि बेरोजगार जनताको बारेमा चर्चा हुनुपर्थ्यो ।
कृषिमा युवा आकर्षण र लगानी मैत्री हुनुपर्थ्यो ।
समय मै मल-खाद र बिउ-बिजनको ब्यवस्था हुनुपर्थ्यो ।
स्वदेशी उत्पादनलाई प्राथमिकता र बिदेशीलाई निरुत्साहित पार्न बहस हुनुपर्थ्यो ।
उदारवादी चीन, रुस र कम्बोडियाको चर्चा हुनुपर्थ्यो ।
पुँजिवादी अर्थतन्त्र अमेरिका, अष्ट्रेलिया र बेलायतको चर्चा हुनुपर्थ्यो ।
उदाउँदो भारत र अस्ताउँदो सिरियाको समीक्षा हुनुपर्थ्यो ।
जापानको प्रविधि अनि चिनको औद्योगिक बिकासको बारेमा बहस हुनुपर्थ्यो ।
न्युटन, हकिन्स र आईस्टाईनको चर्चा हुनुपर्थ्यो ।
तर यहाँ ठिक उल्टो भैदियो ।
शेर बहादुर, ओली र प्रचण्डको चर्चा चुलियो ।
माकुने, झलनाथ र गगनको बहस चुलियो ।
आ-आफ्नै दर्शन सिद्धान्तको घमण्ड चुलियो ।
राजतन्त्रले गरेका गल्ती गणतन्त्रले गर्दियो ।
रैतीले गरेको भुल कार्यकर्ताले गर्दियो ।
परिणाम
गुटवाद, पार्टीवाद, मवाद अनि नातावाद, कृपावाद र टिके प्रथा ।
चरम भ्रष्टाचार, बेथिती र अराजकता फैलियो।
रामचन्द्र तिम्सिना
(आवाज)