
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका छन् । लामिछाने आफूविरुद्धको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च गएका हुन् ।
लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत आज शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको सो आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले बताए ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई सबै अदालती प्रक्रिया पुर्याएर भैरहवा कारागार पठाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी पक्राउ परेका थिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । यद्यपि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
उक्त निवेदनप्रति सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।