७ बैशाख २०८१, शुक्रबार

कम्युनिष्टको सिद्धान्त के हो ?


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कम्युनिष्टहरू आफुलाई कम्युनिष्ट भनेपनि व्यवहार भने फरक किसिमको देखिन्छ । नेपालमा कम्युनिष्ट नभएको व्यवहारले देखाएको छ । दु:खी गरिबको पार्टी कम्युनिष्ट नभई पूँजीपति विचारधारा बोकेको पार्टी जस्तो देखिन्छ । कम्युनिष्ट शब्द यति मिठो भईकन पनि काम गर्ने शैलीमा राम्रो सुधार हुन सकेन् ।

दुई तिहाइको सरकारले देशमा विकास गरेर देखाउने प्रशस्त सम्भावना हुँदा हुदै भ्रष्टाचारमा लिप्त देखिनु आफैमा शोभनीय होइन । कम्युनिष्टले गाड लिएर हिड्छ भने त्यसलाई कम्युनिष्ट भनेर भन्न सकिदैंन । सर्वहाराको पार्टी भनेर चिनिने कम्युनिष्ट पार्टी आज पूँजीपति चिन्तनमा चुर्लुम्म डुवेको देखिन्छ ।

परिवर्तन समयको माग हो परिवर्तन भयो तर सोच परिवर्तन भएन । जनताको मन जित्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि आज कम्युनिष्ट पछि पर्दै गयो । यहि तरिकाले अघि बढ्दै जाने हो भने कम्युनिष्ट कता छन् भनेर खोज्न पर्नेछ ।

राजसंस्थाले गरेका कमिकमजोरीहरु केलाउदै बन्द उद्योगतर्फ ध्यान दिनुपर्नेमा राजा बन्ने ठाठले देशको ढुकुटी समाप्त पार्ने कामले नागरिकको मनबाट कम्युनिष्ट शब्द नै हड्दै गएको त छैन भन्ने कुरा आउ राजा देश बचाउ भन्ने कुराले देखाउदैछ ।

हिजो राजाले सजिलै गद्दी त्यागेका थिए जनताको भावना अनुसार काम गरे तर लोकतन्त्रले सम्मान दिने काममा कन्जुस्याइँ गर्दा जनताले फेरी राजा खोजेको देख्दा लोकतन्त्र जनताको लागि नभएको देखिनु आफैमा राम्रो भएन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !