११ जेष्ठ २०८१, शुक्रबार

यो कमजोरी कसको हो ?


विदेश
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अन्तर्राष्ट्रिय स्तरमा युवकलाई हेर्ने तरिका धेरै फरक छ तर हाम्रो देशमा भने युवक शिक्षितलाई जसरी हुन्छ । विदेश लखेट्ने काममा हामी धेरै अग्रसर छौं । स्वदेशमै केही गरे के हुदैन भन्नु भन्दा यहाँ गरेर के हुन्छ भन्नेमा हामी छौँ ।

सरकारले पनि युवकको हितमा पहिलोकाम उद्योग र टेक्निकल शिक्षा विस्तार गर्न आवश्यक छ भन्नेतर्फ ध्यान दिनपछि पर्दा देशमा शिक्षित युवक बेरोजगार भएको देखिन्छ ।

आन्दोलनको क्रममा समाप्त पारिएका उद्योग कसरी संचालन गर्ने भन्ने कुरामा ध्यान दिन नसक्दा देशमा बेरोजगार युवकहरूद्वारा नै अर्को आन्दोलन चर्कने खतरा बढेर गएको देखिन्छ ।

यसरी चर्कने आन्दोलनलाई दवाउदा यसले लोकतन्त्र नै समाप्त हुन सक्ने खतरा अब नेपालमा बढ्दै छ । राजाले आन्दोलन दबाउन खोज्दा सर्बसाधारण रूपमा बस्नुपर्ने समए आएको देखिन्थ्यो ।

देशमा उद्योगतर्फ ध्यान दिन नसक्नुको अर्थ हाम्रो समय थोरै छ मतलब पुरा गरौं भन्ने विचारले कतै जडा गाडेको त छैन भन्ने कुरा बर्तमान अवस्थाले देखाएको छ । जनतालाई खुसी पार्न नसक्नु मनपोली तन्त्र लाद्नु या यसले के भन्न र गर्न खोजेको केही बुझ्न सकिएन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !