११ जेष्ठ २०८१, शुक्रबार

देशको विकास गर्न त एजेण्डा चाहिन्छ


लोकतन्त्र
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

राजनीति दलले चाहेको भए देशले फड्को मार्ने थियो तर यस्तो हुन सकेन दुर्भाग्य भन्दा खासै फरक छैन । आज देशमा के थिएन सवै हुँदाहुँदै पनि देशले सोचे जस्तो परिवर्तन ल्याउन सकेनन् । जनताको भावना अनुसारको विकास देशमा नहुनु दुर्भाग्य हो भन्दा खासै फरक छैन ।

१७ हजारको बलिदानबाट प्राप्त लोकतन्त्र ठिक हुँदाहुँदै पनि विकासमा फड्को मार्न नसक्नु भनेको सुन्य एजेण्डामा राष्ट्र हाक्न खोज्नु भनेको स-साना बच्चाले गुच्चा खेलाए जस्तै हो भन्दा खासै फरक छैन ।

देशमा के आवश्यक छ नागरिकलाई कस्तो शिक्षा दिदा देशले फड्को मार्न सक्छ यस्तो कुरामा ध्यान दिदै बन्द उद्योगमा नागरिकलाई परिचालन गर्न सके देशमा हड्ताल असान्ती सवै समाप्त हुने थियो भने नेतृत्वलाई फाइदा हुने थियो तर जनतालाई शक्ति देखाउन थाल्दा लोकतन्त्र नै समाप्त हुने खतरा बढ्दै गएको छ ।

लोकतन्त्र भन्नाले जनताको हित विपरित नगएर जनताका छोराछोरीलाई नोकरीको सुव्यवस्था मिलाउदै कहाँ के को आवश्यक छ । देशलाई हाक्न सजिलो छैन हमीले यउटा सानो परिवार बाट यो कुराको अनुसन्धान गरेर अघि बढ्न सकेको भए आज देशमा अमन‌चैन खलबलाउने थिएन ।

आज जनताले खेप्न नसक्ने भार सरकारले जनतालाई लादेको छ । देशमा महंगीले चरम सिमा नाघेको छ । नेपाली उत्पादन ले बजार पाउन सकेको छैन । खेती योग्य जमिन छ तर नहर छैन लघु जलविद्युत उत्पादन गरेर राम्रो पैसा भित्राउने प्रसस्त सम्भावना हुँदाहुँदै कसैको ध्यान यसतर्फ पुग्न नसक्नु दुर्भाग्य देखिएको छ ।

स्वार्थमा डुब्नाले र हामी नै यो देशको राजा हौं यहाँ हामीले जे गरेपनि हुन्छ । जनतालाई चुस्दा सम्म चुस्नुपर्छ महंगी लाद्नु पर्छ जस्ता विषयले लोकतन्त्र नै धरापमा पर्ने अवस्था नेपालमा देखिन थालेको छ । देश र जनताको हितमा काम गर्ने हो भने संघियता खारेज गरेर विकासमा जोड दिने गरेमा विकास टाढा छैनन् । जनताको मन जित्नुस राजा बन्ने होडमा नलाग्नुस् भन्ने हाम्रो अनुरोध छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !