हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्। हिल्सा-ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए। उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका-१, २ र ३ का नागरिक हुन्।