बीपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’ बाट यातायात सञ्चालनको तयारी
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी रूपमा थालिएको पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी भइरहेको छ । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो । पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय