कोरियाबाट खड्कालाई सहयोग
२१ माघ, गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका आगलागी पीडित भूपेन्द्रबहादुर खड्कालाई कोरियाबाट रु ४५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरियाका सहसचिव खिमबहादुर खड्काको पहलमा शाखाले रु ४५ हजार सहयोग प्रदान गरेको हो ।