माओवादी केन्द्रका तीन आयोगको प्रमुख गरियो चयन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ । महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गरेका थिए ।