काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताए-क्युङले शिष्टाचार भेट गरेका छन् । उक्त भेटघाट काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा भएको हो । राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित