विपद् संकटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान
बागलुङ । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई संघीय सरकारले पहिलो चरणमा रु दुई करोड अनुदान उपलब्ध गराएको छ । सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट धनजनको क्षति पुगेका पश्चिम बागलुङका छ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो ।