११ बैशाख २०८१, मंगलबार

Tag: केरा

केराको एउटै बोटले व्यवसायी बन्न प्रेरणा दियो भट्टराईलाई

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाउनुभयो । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गर्नुभयो ।