काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक सोमबार दिउँसो तीन बजे बस्ने गरि सकेको हो ।