वीरगञ्ज, पर्सा । नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गर्ने भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट(मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच यसका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।