११ बैशाख २०८१, मंगलबार

महावीर पुनलाई सरकारले पीपीई बनाउन दियो स्वीकृति


महावीर पुन

१३ चैत, काठमाडौं । महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) उत्पादन गर्न स्वीकृति दिएको हो । कोरोना भाइरस संक्रमित बिरामीसँग स्वास्थ्यकर्मीले संसर्ग गर्दा अत्यावश्यक हुने पीपीई नेपालमै उत्पादन गर्न सुरु भएको छ ।

सुरुमा ५०० थान पीपीईका लागि दुईवटा गार्मेन्टलाई अर्डर दिइएको पुनले बताएका छन् । चप्पल कारखाना र पेप्सीकोलामा रहेका ती गार्मेन्टले २/३ दिनमा तयार गरिसक्ने बताएका छन् । पुनले बुधबार एउटा नमूना बनाएर मेडिकल काउन्सीलमा पेश गरेका थिए । त्यसलाई जाँचिसकेपछि काउन्सिलले उत्पादनका लागि स्वीकृति दिएको हो ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको बिगबिगीसँगै धेरै देशहरुमा पीपीईको माग ह्वात्तै बढेको छ । विकसित देशहरुमा समेत अहिले पीपीईको अभाव सिर्जना भएको समाचारहरु आइरहेका छन् । नेपालका धेरै अस्पतालमा पीपीई नहुँदा स्वास्थ्यकर्मीहरुले असुरक्षित रुपमा काम गर्नुपरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !